Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भ्लादिमिर पुटिनको आरोप – युद्ध पश्‍चिमा र युक्रेनले नै सुरु गरेका हुन्

    भ्लादिमिर पुटिनको आरोप – युद्ध पश्‍चिमा र युक्रेनले नै सुरु गरेका हुन्

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 930
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमाहरूले राजनीतिक हत्या र विश्वासघातको प्रयास गरेको आरोप लगाएका छन् ।

    युक्रेन युद्धको एक वर्ष पुगेको अवसरमा रुसी संघीय संसद्लाई सम्बोधन गर्दै राष्ट्रपति पुटिनले यस्तो आरोप लगाएका हुन् ।



    उनले पश्चिमा मुलुक र युक्रेनले नै युद्ध सुरु गरेको आरोप लगाए । उनले युक्रेनको डोनबास क्षेत्रको द्वन्द्वलाई शान्तिपूर्ण माध्यममार्फत् समाधान गर्न चाहेको बताए ।



    शान्ति सम्झौतामा पश्चिमा मुलुकको प्रतिबद्धता झुटा सावित भएको पनि पुटिनले सम्बोधनका क्रममा भनेका छन् । साथै पुटिनले युक्रेनले जैविक र आणविक हतियार जम्मा गरेको पनि आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार