Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • डा.रुइतले बुुझे १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’

    डा.रुइतले बुुझे १४ करोड रुपैयाँबराबरको प्रतिष्ठित ‘इशा अवार्ड’

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 678
    SHARES

    काठमाडौं । बहराइन सरकारका तर्फबाट राजा हमाद बिन इसा अल खालिफाले चिकित्सक डा.सन्दुक रुइतलाई प्रतिष्ठित इशा अवार्ड प्रदान गरेका छन् ।

    मंगलबार राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा खालिफाले १ मिलियन डलर राशि झन्डै १४ करोड रुपैयाँको पुरस्कार डा.रुइतलाई प्रदान गरेका हुन् ।



    आफ्ना पिता सेख इसा बिन सलमान अल खालिफाका नाममा सन् २००९ मा स्थापित यो सम्मान हरेक दुइ वर्षमा र ‘मानवताका लागि सेवा’ गर्ने विश्वभरकै कोही व्यक्तिरसंस्थालाई प्रदान गरिँदै आएको छ ।



    तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रुइतले ‘विकासोन्मुख मुलुकका नागरिकमा रहेको अन्धोपनाको उपचारमा गरेको निरन्तरको प्रयत्नका निम्ति’ बहराइन सरकारले यो विशिष्ट सम्मान प्रदान गरेको हो ।

    डा रुइतले यसअघि सन् २००६ मा एसियाको नोबेल पुरस्कारका रूपमा समेत चिनिने रोमन मेगासेसे अवार्ड पाइसकेका छन् । नेत्र चिकित्सक डा.रुइतले आफ्नै हातले अहिलेसम्म एक लाख २५ हजार भन्दा धेरै व्यक्तिको शल्यक्रिया गरिसकेका छन् र ७० भन्दा बढी देशमा प्रत्यक्षरपरोक्ष सेवा दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार