Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • नक्कली बाबु

    भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएकाे डेढ वर्षपछि खुलासा

    भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाएकाे डेढ वर्षपछि खुलासा

    नागरिकता दिलाउन भूमिका खेल्ने फरार

    अनलाइन नेपाल
  • शनिबार, १३ असार २०७७
  • 4.2K
    SHARES

    काठमाडौं । २५ वर्षे विशाल गुप्ता भारतबाट मजदुरी गर्न दाङको घोराही आएका बेला नेपाली नागरिकता बनाएका छन्। घोराहीकै सम्झना नेपालीसँग उनले बिहे गरे र एउटा बच्चा जन्मिएपछि उनले नागरिकता बनाएका हुन्। बच्चाको जन्मदर्ता गराउने बेला विशाल भारतीय नागरिक भएकाले समस्या आयो । विशाल भारतीय नागरिक भएकै कारण विवाह दर्ता पनि भएको थिएन ।

    भारतको बलरामपुर जिल्लाका विशाल कुमारले २०७५ मंसिर २५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट नेपाली नागरिकता लिएका हुन् उनले ‘मितबहादुर दमाई’ को नामबाट नागरिकता लिएका छन् । नेपाली नागरिकतामा उनको बुवाको नाम हिरालाल दमाई र ठेगाना दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ उल्लेख छ । उनको नागरिकता प्रमाणपत्र नं. ५२–०१–७५–०४०५२ हो । नागरिकतामा प्रशासकीय अधिकृत जनक प्रसाद भण्डारीको हस्ताक्षर छ ।



    हिरालाल दमाई घोराही उपमहानगरपालिका वडा नं. ३ बर्गद्दाका वासिन्दा हुन् । हिरालालले भारतीय नागरिक विशाललाई ‘मितबहादुर’ बनाएर ऊ आफ्नो छोरो भएको भन्दै दिएको निवेदनको आधारमा घोराही उपमहानगरपालिका वडा नं. ३ ले नागरिकता बनाउन सिफारिस गरिदिएको थियो । सोही सिफारिसको आधारमा जिल्ला प्रशासन कार्यालयले भारतीय नागरिक विशाल कुमारलाई मितबहादुर दमाईको नामबाट नेपाली नागरिकता दिएको हो ।



    गलत विवरण पेश गरी नेपाली नागरिकता लिएको कुरा डेढ वर्षपछि खुलासा भएपछि प्रहरीले विशाल कुमारलाई पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाएको छ । उनलाई जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागार चलान गरिएको छ । घोराहीस्थित उनको डेरामा छापा मार्दा प्रहरीले भारतीय विशिष्ट पहिचान प्राधिकरणले दिएको आधार कार्ड बरामद गरेको छ ।

    साथै झूठो विवरण पेश गरी नेपाली नागरिकता दिलाउन भूमिका खेलेको भन्दै प्रहरीले हिरालाल दमाई, घोराही उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष माधवप्रसाद चौधरी, वडा सचिव पदमप्रसाद रेग्मी, त्रिपुरा खड्का, लिला अधिकारीविरुद्ध पनि मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी सुमित खड्काले उनीहरु फरार रहेको र खोजी कार्य जारी रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार