Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ग्याल्पो ल्होसारजस्ता चाडपर्वले मौलिक पहिचान कायम गर्न भूमिका खेल्छन् : तिमिल्सिना

    ग्याल्पो ल्होसारजस्ता चाडपर्वले मौलिक पहिचान कायम गर्न भूमिका खेल्छन् : तिमिल्सिना

    अनलाइन नेपाल
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 627
    SHARES

    काठमाडौं । राष्टिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसार २०७९ को अवसरमा सबै नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले सो शुभकामना व्यक्त गरेका हुन् ।

    नेपालको हिमाली लगायत विभिन्न क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय एवम् बौद्धमार्गी समुदायको विशेष पर्वका रूपमा प्रत्येक वर्ष फागुन शुक्लपक्ष प्रतिपदाका दिन ग्याल्पो ल्होसार मनाउने गरिन्छ उनले चर्चा गरेका छ्न ।



    पर्वमा शेर्पा लगायत अन्य हिमाली समुदायको पनि समभाव रहेको उनले बताएका छन् । यस पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो गाउँघर, टोल, बाटोघाटो, पानीका मूलहरूको सरसफाई गर्ने, नयाँ खानेकुराहरू खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।



    “विविध जातजाति र समुदायहरूको साझा फूलबारीको रूपमा रहेको नेपालमा ग्याल्पो ल्होसारजस्ता चाडपर्वले हाम्रो सांस्कृतिक, धार्मिक, जातीय र भाषिक विभिन्नतालाई सम्मान तथा संरक्षण गर्दै सामाजिक सद्भाव अभिवृद्धिमा योगदान गर्नुका साथै नेपालीको मौलिक पहिचान कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन्” अध्यक्ष तिमिल्सिनाले शुभकामनामा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार