Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ – एमालेको मान्छेलाई राष्ट्रपति स्वीकार्न सकिँदैन्, संकटमा परिन्छ

    पदाधिकारी बैठकमा प्रचण्डको ब्रिफिङ – एमालेको मान्छेलाई राष्ट्रपति स्वीकार्न सकिँदैन्, संकटमा परिन्छ

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 660
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेको क्याडरलाई राष्ट्रपति स्वीकार गर्न नसकिने बताएका छन् ।

    पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा सोमबार बसेको पदाधिकारी बैठकमा प्रचण्डले यस्तो ब्रिफिङ गरेका हुन् । एमाले समर्थित व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गर्न नसकिने प्रचण्डको भनाइ उद्धृत गर्दै स्रोतले बतायो ।



    पुस १० पछिको दुई महिनाको सहकार्य त्यति सहज नभएको उनले बताए । ‘एमाले र ओलीजीसँग त्यति सजिलो छैन । ओलीकै मान्छे राष्ट्रपति बनायो भने झन संकटमा परिन्छ’ प्रचण्डले पदाधिकारी बैठकमा ब्रिफिङ गरे ।



    एमाले अध्यक्ष ओलीले हार्डकोर कार्यकर्ता भन्दापनि अन्य दलको नेता या स्वतन्त्र व्यक्तिलाई पनि अगाडि सार्ने सम्भावना रहेको प्रचण्डले बताए । यस्तै बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए ।

    ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छु महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’

    यस्तै राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको उपाध्यक्ष महराले बताए । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार