Online Nepal
  • बुधबार, १० पुष २०८१
  • स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने माओवादी केन्द्रको निष्कर्ष

    स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने माओवादी केन्द्रको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 651
    SHARES

    काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले आफ्ना स्वार्थ मिल्नेसँग राष्ट्रपतिमा सहकार्य गर्ने निष्कर्ष निकालेको छ ।

    सोमबार साँझ बसेको पदाधिकारी बैठकले पुस १० मा एमालेसँग भएको सत्तासाझेदारीको परिस्थिति बदलिएको भन्दै यस्तो निष्कर्ष निकालेको हो ।



    बैठकपछि पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले स्वार्थ जोसँग मिल्छ त्यससँग सहकार्य गर्ने निष्कर्ष निस्केको जानकारी दिए ।



    ‘पुस १० भन्दा अहिले परिस्थिति फेरिएको छ। गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय हाम्रा स्वार्थ हुन् । यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुन्छु महराले भने,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ।’

    यस्तै राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने जिम्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको उपाध्यक्ष महराले बताए । राष्ट्रपति निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार