Online Nepal
  • बुधबार, १० पुष २०८१
  • माओवादीले दियो प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवार छान्ने अधिकार

    माओवादीले दियो प्रचण्डलाई राष्ट्रपतिको उम्मेदवार छान्ने अधिकार

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 690
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ ।

    सोमबार बसेको पदाधिकारी बैठकले २५ फागुनमा हुने राष्ट्रपति चुनावमा पार्टीले लिने कदमबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई दिएको हो ।



    उपाध्यक्ष कृष्णबहादुर महराका अनुसार राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बारे छलफल भएको तर व्यक्तिका बारे चर्चा भएको छैन् ।



    ‘अध्यक्षले समग्र परिस्थितिको विश्लेषण गर्नुभयो । राष्ट्रिय सहमति अन्तिम समयसम्म पनि खोज्नेछौँ । हाम्रो स्वार्थ पूरा हुने गरी सहमति कायम गर्छौँ भनेका छौँ । हाम्रो स्वार्थ भनेको गणतन्त्रको रक्षा हो । त्यो स्वार्थमा राष्ट्रिय सहमतिको खोजी गर्ने भन्ने हाम्रो निर्णय हो,’ उपाध्यक्ष महराले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार