Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : आलम र अन्सारीसहित ५ जनाविरुद्ध मुद्दा

    नेपाल टी-२० लिग ‘स्पट फिक्सिङ’ प्रकरण : आलम र अन्सारीसहित ५ जनाविरुद्ध मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 783
    SHARES

    काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गरेको आरोपमा ५ जनाविरुद्ध मात्र मुद्दा दर्ता गरेको छ ।

    कार्यालयले सोमबार जिल्ला अदालत काठमाडौंमा खेलाडीहरु मे‍हबुब आलम र आदिल अन्सारीसहित नितेश शाह, नविन कँडेल र रवि माझीविरुद्ध मात्र मुद्दा दर्ता गरको हो । कँडेल र माझी फरार छन् ।



    विदेशीको हकमा यकिन नाम थर, वतन खुलेको अवस्थामा वा नेपालमा पक्राउ परेको अवस्थामा अर्को अभियोग पत्र दर्ता गर्ने निर्णय सरकारी वकिल कार्यालयले जनाएको छ ।



    नेपाल टी-२० लिगका आयोजक सेभेन थ्री स्पोर्ट्सका जतिन अहलुवालिया र अभिषेक शक्लानी, वेस्ट इन्डिजका खेलाडी आन्द्रे म्याकर्थी तथा भारतीय नागरिकहरु समिर शेख, विरेन्द्र शाह र विकाश ध्यानी नेपालविरुद्ध पक्राउ परे वा उनीहरुको नाम थर, वतन खुलेको अवस्थामा अर्को अभियोग पत्र दर्ता हुने सरकारी वकिल कार्यालयले निर्णय लिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार