Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, प्रचण्डको जवाफ – पार्टीमा छलफल गर्छु

    राष्ट्रपतिमा सहयोग गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह, प्रचण्डको जवाफ – पार्टीमा छलफल गर्छु

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 681
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली कांग्रेसका शीर्ष नेताहरुले राष्ट्रपतिमा सहयोग गर्न आग्रह गरेका छन् ।

    आइतबार राति प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुले यस्तो आग्रह गरेका हुन् ।



    उनीहरुबीच करिब दुई घण्टा छलफल भएको छ । भेटमा कांग्रेसका तर्फबाट नेताहरुले राष्ट्रपतिको निर्वाचनमा सहयोग गर्न आग्रह गरेको बताइएको छ ।



    जवाफमा प्रधानमन्त्री दाहालले त्यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका छन् । बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले छलफल सकारात्मक रुपले अघि बढेको बताए ।

    ‘हामीले आफ्ना कुराहरु राख्यौँ । उहाँका पनि कुराहरु सुन्यौँ । छलफल सकारात्मकरुपले अघि बढेको छ,’ उनले भने,’अझै केही दिन समय छ । उहाँले पार्टीभित्र छलफल गरेर निर्णय दिन्छु भन्नुभएको छ ।’

    प्रधानमन्त्री दाहाललाई भेट्न कांग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र नेता कृष्णप्रसाद सिटौला आइतबार साँझ बालुवाटार पुगेका थिए । राष्ट्रपतिको निर्वाचनका लागि १३ फागुनमा उम्मेदवारको मनोनयन दर्ता छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार