सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बन्न आग्रह गरेका छन् ।
आइतबार सुर्खेतमा जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै शर्माले सभापति देउवालाई यस्तो आग्रह गरेका हुन् । उनले महामन्त्री शर्माले राष्ट्रपति भए देउवाको सम्मानजनक बहिर्गमन पनि हुने बताए ।
‘शेरबहादुर देउवालाई नै बनाउने हो कि भन्ने हामी सोच्दैछौं,’ महामन्त्री शर्माले भने ।
राष्ट्रपतिको उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम पहिलो नम्बरमा रहेको भन्दै उनले पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, जनजाति समुदायबाट गोपालमान श्रेष्ठ र दलित समुदायबाट मानबहादुर विश्वकर्मा पनि रहेको बताए । यस्तै उनले कांग्रेसकै उम्मेदवार राष्ट्रपति हुने दाबी गरे ।
Leave a Reply