Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ छ

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 564
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको बताएका छन् ।

    आइतबार राष्ट्रिय समाचार समिति (रासस)को ६२ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    उनले नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गरिने बताए । सरकारको नागरिकको विचार अभिव्यक्ति प्रतिको मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाहरूले पनि सम्मान र विस्तार गनुपर्ने प्रधानमन्त्री प्रचण्डको भनाई छ ।



    उनले भने ‘जहाँ लोकतान्त्रिक शासन प्रणाली छ त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिँदै आएको छ र उभिनुपर्छ। त्यसैले सरकारको यो मान्यतालाई राससले ध्यानमा राखोस् र नागरिकलाई सूचना र शिक्षा दिने आफ्नो जिम्मेवारीमा अझ प्रभावकारी रुपमा अघि बढ्न सकोस् भनी शुमकामना दिन चाहन्छु । राससले समयानुकूल आफ्ना समाचार सेवाहरूमा विकास गर्दै लैजानु आवश्यक छ । यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास र विस्तारमा पनि ध्यान दिन जरुरी छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार