Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • २४ वर्षपछि नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुँदै

    २४ वर्षपछि नेपालमा एसियन क्रस कन्ट्री च्याम्पियनसिप हुँदै

    अनलाइन नेपाल
  • आइतबार, ७ फाल्गुन २०७९
  • 882
    SHARES

    काठमाडौं । १६ औं संस्करणको एसियन क्रस कन्ट्री च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ ।

    नेपाल एथलेटिक्स एसोसियसनले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता नेपालमा आयोजना हुने जनाएको छ ।



    एसियन एथलेटिक्स एसोसियसनको तत्वावधानमा हुने प्रतियोगिता फागुन २३ गते बिहीबार आयोजना हुनेछ ।



    प्रतियोगितामा नेपालसहित एसियाका ३० देखि ४० राष्ट्रका करिव ४५० जना खेलाडीहरुको सहभागिता जनाउने छन् ।

    प्रतियोगितामा नेपालबाट सहभागिता जनाउने खेलाडीलाई ९ फागुनमा छनोट गरेर बन्द प्रशिक्षणमा राखिने एथ्लेटिक्स संघले जनाएको छ।

    प्रतियोगिताका लागि कुल तीन करोड ६५ लाख बढी खर्च हुने अनुमान आयोजक एथ्लेटिक्स संघले गरेको छ।

    यसअघि नेपालले सन् १९९९ मा प्रतियोगिताको आयोजना गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार