काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।
संसदमा प्रस्ताव भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको’ विधेयकको विषयमा छलफल भएको हो ।
प्रस्तावित विधेयकको प्रावधान हुवहु पारित भएमा खाद्य र खाद्यान्नसँग सम्बन्धित उद्योग/व्यवसायहरू बन्द हुने परिस्थिति आउनेतर्फ महासंघले ध्यानाकर्षण गराएको छ ।
भेटवार्ताका क्रममा उक्त विधेयकका सम्बन्धमा महासंघले तयार पारेको तीन बुँदे सुुझावसमेत पेश गरिएको थियो ।
भेटमा नेकपा एमाले अध्यक्ष ओलीले खाद्य विधेयकका सम्बन्धमा उद्योग व्यवसाय पनि नमर्ने र उपभोक्ताको स्वास्थ्य सुरक्षा अधिकार पनि संरक्षण हुने हिसावमा कानून ल्याइनु पर्ने आफ्नो मान्यता रहेकाले उद्योग व्यवसाय नै बन्द हुने खालका विधेयकका दफाहरूको संशोधनमा सहयोग हुने विश्वास व्यक्त गरे ।
Leave a Reply