Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • शव व्यवस्थापनमा अवरोध नगर्न मानवअधिकार आयोगको आग्रह

    शव व्यवस्थापनमा अवरोध नगर्न मानवअधिकार आयोगको आग्रह

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कोरोना भाइरसबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा अवरोध नगर्न आग्रह गरेको छ ।

    आयोगले सरकारलाई स्थानीय तहसँग समन्वय गरी शव व्यवस्थापन गर्ने वातावरणको सिर्जना गर्न पनि आग्रह गरेको छ ।



    आयोगका सचिव वेदप्रसाद भट्टराइले आज जारी गरेको प्रेस विज्ञप्तिमा अहिलेको विशेष परिस्थितिमा सरकारले लागू गरेको कार्यविधिको प्रभावकारी पालनामा सहयोग र साथ दिन स्थानीय सबै सरोकारवालालाई आग्रह गरिएको छ ।



    कास्कीको पोखरा महानगरपालिका–३२ मा कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका क्रममा सुरक्षाकर्मी, स्थानीय जनप्रतिनिधि तथा स्थानीय बासिन्दाबीच भएको झडपको घटनाप्रति ध्यानाकर्षण जनाउँदै आयोगले आग्रह गरेको हो ।

    कोभिड–१९ बाट मृत्यु भएका व्यक्तिको शव स्थानीय बासिन्दासंग समन्वय नै नगरी बस्तीको नजिक व्यवस्थापन गर्न लागेको भन्दै स्थानीयले अवरोध गरेको र स्थानीयको अवरोधका बीच पनि सुरक्षाकर्मीबाट बल प्रयोग गरी शवको व्यवस्थापन गर्ने क्रममा स्थिति तनावपूर्ण भएको अनुगमनबाट देखिएको आयोगले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार