Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • काेराेनाकाे प्रभाव: प्रधानमन्त्री माेदीको विदेश भ्रमण स्थगित

    काेराेनाकाे प्रभाव: प्रधानमन्त्री माेदीको विदेश भ्रमण स्थगित

    अनलाइन नेपाल
  • शुक्रबार, २३ फाल्गुन २०७६
  • 2.3K
    SHARES

    काठमाडौं ।  चीनबाट सुरु भएकाे नाेबेल कोरोना भाइरसको संक्रमण फैलँदै गर्दा युरोपियन युनियन र भारतका बीच हुनलागेको शिखरवार्ताका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तय भएको बेल्जियम यात्रा पनि स्थगित गरिएको छ ।

    केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले फेला परेका कोरोना संक्रमित सबै ३० जनालाई निगरानीमा राखिएको बिहीबार संसदमा जानकारी गराए ।



    भारतमा चीन, इटाली, कोरिया र जापान लगायत अन्य देशबाट आएका मानिसहरुमा संक्रमण पाइएको भारतीय मिडियाले जनाएका छन् ।



    अहिलेसम्म ६ लाख भन्दा धेरै मानिसहरुको विमानस्थलमा चेकजाँच गरिएको छ । सरकारले सीमा क्षेत्रका गाउँहरुमा सभाका कारण हुने संक्रमणको रोकथामका लागि चेतना बढाइरहेको बताइएको छ ।

    भारतले कोरोना भाइरसका कारण राजधानी दिल्लीका सबै प्राथमिक स्कूलहरु एक महिनाका लागि बिदा गर्ने घोषणा गरेको छ ।

    कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । वुहान प्रान्तबाट फैलिएको कोरोनाका कारण चीनमा मात्रै ३ हजार ४२ जनाले ज्यान गुमाएका छन् ।

    विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण फैलिने जोखिम अति उच्च रहेको भन्दै डब्लुएचओले सतर्क रहन आग्रह गरेको छ ।डब्लुएचओका प्रमुख डा। टेड्रोस अड्हनोम गेब्रियेसुसले कोरोना भाइरसलाई लिएर फैलिएको डर र गलत जानकारी सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार