Online Nepal
  • सोमबार, ७ असोज २०८१
  • सांसद अरुण चौधरीसहित १४ जनाले पाए सजाय माफी

    सांसद अरुण चौधरीसहित १४ जनाले पाए सजाय माफी

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 789
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद अरुणकुमार चौधरी र पुष्कर गौतमसहित १४ जनाको सजाय माफी दिएकी छन् । प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति भण्डारी उनीहरुलाई सजाय माफी दिएकी हुन् ।

    मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रजातन्त्रको दिवसको अवसरमा विभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार माफी सिफारिस गरेको थियो । त्यसअनुसार राष्ट्रपतिबाट निर्णय भएको छ ।



    ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्यामा सर्वोच्च अदालतबाट जन्मकैद सदर भएका गौतमले राष्ट्रपतिबाट सजाय माफी पाएका छन् । सर्वोच्च अदालतले माघ ९ गते गौतमलाई जन्मकैद हुने उच्च अदालत पाटन र जिल्ला अदालत ओखलढुङ्गाको फैसला सदर गरेको थियो।



    यस्तै कैलाली–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले पनि सजाय माफी पाएका छन्।

    २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईंले अरुण चौधरीसहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । यस्तै विष्णुकुमार लिम्बुसहित ३८१ जनाको कैदीको भुक्तान हुन बाँकी कैद माफी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार