Online Nepal
  • आइतबार, २८ पुष २०८१
  • महाशिवरात्रीमा यसरी हुनेछ काठमाडौंको ट्राफिक व्यवस्थापन

    महाशिवरात्रीमा यसरी हुनेछ काठमाडौंको ट्राफिक व्यवस्थापन

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 651
    SHARES

    काठमाडौं । शिवरात्रीमा हुने चहलपहललाई मध्यनगर गर्दै ट्राफिक प्रहरीले सवारी साधनको डाइभर्सन तोकेको छ।

    आज रातिदेखि नै गौशाला क्षेत्रमा हुने चापलाई मध्यनजर गर्दै गौशाला भएर जाने सवारीको रुट तोकिएको हो ।



    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पार्किङको लागिसमेत निश्चित क्षेत्र छुट्याएको छ।



    अब गौशाला क्षेत्र जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने छ।

    त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तिनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने छ।

    गौशाला क्षेत्रमा शनिबार गरिने सवारी व्यवस्थापनमा थप सहयोगी भुमिका निर्वाह गर्न चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार