Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • परराष्ट्रमन्त्रीले भने- भारतलाइ तीन पटक पत्र पठाउँदा पनि वार्ताका लागि चासो देखाएन

    परराष्ट्रमन्त्रीले भने- भारतलाइ तीन पटक पत्र पठाउँदा पनि वार्ताका लागि चासो देखाएन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 2.8K
    SHARES

    काठमाडाैँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ। आजको बैठकमा पछिल्लो समय भारतसँग देखिएको सीमा विवादबारे भएकाे छलफलकाे क्रममा थप जानकारी गराइएकाे छ।

    बैठकमा बोल्दै स्थायी समिति सदस्यसमेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले वार्ताका लागि भारतलाई तीन पटक पत्र पठाउँदा पनि चासो नदिएको बताए। यसअघि बिहीबार विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले चीनले सीमा नमिचेको र कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सीमा मिचिएको बारे कुनै प्रतिवेदन नै नबनाएको बताएको थियो।



    आजको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी छैनन्। उनको अनुपस्थितिमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठक चलाइरहेका छन्। बैठकमा प्रचण्डले प्रधानमन्त्री ओली अर्कै काममा व्यस्त भएका र आफूलाई बैठक चलाउनु भनेको बताएका थिए।



    आजको बैठकमा स्थायी समिति सदस्यहरू अमृत बोहोरा, घनश्याम भुषाल, पम्फा भुषाल, बेदुराम भुषाल, लीलामणि पोखरेल र रघुवीर महासेठलगायतले आफ्नो धारणा राखिसकेका छन्। उनीहरू सबैले लिम्पियाधुरासम्म भू-भाग समेटेर नक्सा जारी गर्नु राम्रो काम भएको भन्दै समस्या समाधानका लागि अब कूटनीति पहल पनि बढाउनु पर्ने बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार