Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • राष्ट्रपतिको अडानबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रपतिको अडानबाट पछि हट्न सकिँदैन : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 528
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्न नसक्ने बताएका छन्।

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशमा प्रतिगमन सुरु भएको भन्दै त्यसलाई रोक्न गरेको आग्रहको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रचण्डले भने, ‘केही घटनाक्रमले मलाई झस्काएको छ।राष्ट्रपतिमा साझा व्यक्ति हुनुपर्ने अडानबाट पछि हट्ने अवस्था छैन ।’



    जनमोर्चा अध्यक्ष केसी लगायतका टोली विभिन्न माग राखी शुक्रबार प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पुगेको थियो।

    फागुन १ गते एमालेकै नेता दुर्गा प्रसाईले पूर्व राजा ज्ञानेन्द्र साहलाई मेचीमा लगेर राष्ट्रिय स्भाभिमान अभियान चलाएका थिए। प्रधानमन्त्रीले त्यसलाई रहस्यपूर्ण रहेको बताएका छन्।

    अध्यक्ष केसीले राष्ट्रपतिमा अहिले लिएको अडान कायम राख्न सुझाव दिएका थिए। भेटमा प्रधानमन्त्री प्रचण्डले एमसीसी विकास योजनासँग जोडिएकोले पास गरेको बताउँदै त्यसपछि आएको एसपीपीलाई लडेर रोकेको दाबी गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार