Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • सर्वोच्चले भन्यो – चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्नू

    सर्वोच्चले भन्यो – चुनाव खर्च नबुझाउने उम्मेदवारलाई कारबाही नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 555
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतले निर्वाचन खर्च नबुझाएका सबै उम्मेदवारहरुमाथि कारवाही तत्काल अघि नबढाउन आदेश दिएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले दर्ता गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले यस्तो आदेश दिएको हो ।



    स्थानीय तहको निर्वाचनको खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले  मेयर बालेन्द्र साह (बालेन)लाई स्पष्टीकरणसँगै जरिवाना गर्ने निर्णय गरेको थियो ।



    समयमा खर्च विवरण बुझाउँदा पनि आयोगले ७ लाख ५० हजार जरिवाना तिर्न लगाउने र ६ महिनाभित्र जरिवाना नबुझाए पदमुक्त गर्न सक्ने निर्णय गरेको कारण उनी सर्वोच्च पुगेका थिए ।

    मेयर बालेनले दायर गरेको रिटमा बुधवार सुनुवाइ गर्दै कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले बालेनलाई तत्काल जरिवाना नगर्न आदेश दिएको हो ।

    बिहीबार सार्वजनिक संवैधानिक इजलासको आदेशमा बालेन मात्र नभई खर्च विवरण नबुझाउने सबै उम्मेदवारलाई तत्काल कारबाही नगर्न आदेश दिएको उल्लेख छ ।

    निर्वाचन आयोगले गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका १ लाख २३ हजार ६२४ जना उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन भनेको थियो । तर काठमाडौंका मेयर शाहको रिटमा सर्वोच्चले यस्तो आदेश दिएपछि अन्य उम्मेदवारलाई समेत राहत मिलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार