Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • बालाजु घटना छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन

    बालाजु घटना छानबिन गर्न डीआईजी खाँको नेतृत्वमा समिति गठन

    अनलाइन नेपाल
  • बिहिबार, ४ फाल्गुन २०७९
  • 600
    SHARES

    काठमाडौं । बालाजुमा प्रहरी र यातायात मजदुरहरू बीचमा भएको झडप र क्षतिबारे छानबिन गर्न समिति गठन गरिएको छ ।

    उपत्यका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) मसाउद आलम खाँ को नेतृत्वमा छानबिन समिति गठन गरिएको हो ।



    समितिमा उपत्यका प्रहरी कार्यालयका एसएसपी हिमालय श्रेष्ठ र जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजाल सहित ५ जना छन् । समितिलाई यथाशीघ्र छानबिन गरेर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।



    माछापोखरीमा जम्मा भएको समूहले प्रहरीको दुई वटा गाडीमा आगजनी गरेका थिए । प्रदर्शनकारीले बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कोर्पियो (पिकअप) र प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको गाडी जलाएका थिए ।

    फागुन १ मा भएको प्रदर्शनमा ल्होत्से मलमा अर्जुन चालिसेले सञ्चालन गरेको एसिडिसी मोबाइल प्रालि र डायमन्ड मोबाइल प्रालि तथा गजेन्द्र न्यौपानेले सञ्चालन गरेको काठमाडौँ सुपर मार्केट प्रालिबाट मोबाइल लुटपाट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार