मोरङ । मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका पवन खतिवडा ‘म्याकुरी’ हिरासतबाट छुटेका छन् ।
ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि हिरासतबाट उनी छुटेका हुन् ।
मोरङको बेलबारी–४ का जीवन कार्कीलाई कुटपिट गरेको आरोपमा ईलाका प्रहरी कार्यालय बेलबारीले कलाकार खतिवडा र उनका साथी रमेश भण्डारीलाई नियन्त्रणमा लिएको थियो ।
उनीहरूलाई प्रहरीले मंगलवार राति नियन्त्रणमा लिएको थियो ।
मंगलवार राति बेलबारी नगरपालिका–१ स्थित होटलमा मादक पदार्थ पिएका खतिवडाले मादक पदार्थले मातेर झगडा गरेको आरोप थियो ।
बुधबार अपराह्न कार्यालय पुगेका पीडित पक्षले मिलापत्र गरेसँगै उनीहरू छुटेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
Leave a Reply