Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    गोंगबु लुटपाट र आगजनीमा संलग्नलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ३ फाल्गुन २०७९
  • 663
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार दिउँसो काठमाडौंको गोंगबुमा भएको घटनाको गम्भीर रूपमा छानविन गर्न निर्देशन दिएका छन् ।

    बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा अंगका प्रमुखहरूलाई बोलाएर प्रधानमन्त्रीले घटनाको गहिरो गरी छानविन गर्न र अन्याय परेका सबैले समुचित न्याय पाउने गरी कारबाही गर्न निर्देशन दिएका हुन् ।



    प्रचण्डले भने,’गोंगबुमा सोमबार भएको घटनालाई मैले गम्भीर रूपमा लिएको छु। राजधानीमा नै यस प्रकृतिका घटना हुँदा घटनालाई राज्यले गम्भीर रूपमा लिनुपर्छ। के कारणले त्यस्तो अप्रिय घटना घट्न पुग्यो, त्यसमा दोषी कोको छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस्।’



    यातायात व्यावसायी र मजदुरहरुले गरेको प्रदर्शन भड्किएपछि लोत्से मलमा लुटपाट चलेको थियो । प्रदर्शनकारीहरुले पसल तोडफोड गरेर मोबाइल लगायतका सामग्री लुटेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार