Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • काठमाडाैँमा साथीको हत्या गर्ने तीनजना पक्राउ

    काठमाडाैँमा साथीको हत्या गर्ने तीनजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । काठमाडाैँकाे स्वयम्भूमा साथीको हत्या गर्ने तीनजना पक्राउ परेका छन्। गत राति ११ बजेतिर काठमाडौं महानगरपलिका–१५ स्थित शोभा भगवती नजिकै ओखलढुंगा घर भएका ४५ बर्षीय श्याम परियारको हत्या भएको थियो ।

    शुक्रवार बिहान उनको शव फेला पर्‍यो । हत्यामा संलग्न रहेको आशंकामा तीनजनालाई तत्काल पक्राउ गरिएको महानगरीय प्रहरी वृत स्वयम्भूका डीएसपी निरञ्जनदत्त भट्टले जानकारी दिए।



    पक्राउ पर्नेमा ओखलढुंगाका ४७ बर्षीय शम्भु विक, पकनाजोलका ५३ बर्षीय कुष्णमान शाक्य र काभ्रे दोलालघाटका ५६ बर्षीय राम लामा तामाङ छन् । रक्सीले मातेकाे अवस्थामा उनीहरूले साथीको हत्या गरेकाे हुन सक्ने प्रहरीकाे अाशंका छ।



    बिजेश्वरीमा सँगै रक्सी खाएर मातेपछि पैसा तिर्ने विषयमा विवाद हुँदा साथीको हत्या गरेको तीनजना आरोपीले स्वीकारेका छन् । रक्सीको ‘पैसा तिर्ने’ विवादमा आरोपीहरुले श्यामलाई सिमेन्टको ब्लकले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी भट्टले बताए।

    मृतक श्याम परियार र आरोपीहरु स्वयम्भू क्षेत्रमा सँगै मागी हिँड्थे, दैनिक मादक पदार्थ सेवनमा रमाउँथे ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार