एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) युइएफए च्याम्पियन्स लिग अन्तर्गत प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जर्मन क्लब बायर्न म्युनिखसँग पराजित भएको छ ।
घरेलु मैदानमा पिएसजी बायर्न म्युनिखसँग १–० गोल अन्तरले पराजित भएको हो ।
बायर्नको जितमा पिएसजीकै पूर्व खेलाडी किङ्सले कोमानले निर्णायक गोल गरे।
अब दोस्रो लेग बायर्नको मैदानमा आगामी मार्च ८ मा हुनेछ। दोस्रो लेगमा यही नतिजा कायम राख्न सके बायर्न क्वाटरफाइनलमा पुग्नेछ। पिएसजीलाई जितको आवश्यक छ।
Leave a Reply