Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा चारजना पक्राउ

    ल्होत्से मलबाट मोबाइल लुटेको आरोपमा चारजना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । नयाँ बसपार्कमा रहेको ल्होत्से मलमा प्रवेश गरेर मोबाइल लुटपाट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

    यातायात मजदुरको आन्दोलनका क्रममा ल्होत्से मलमा रहेका २ वटा मोबाइल पसल र काठमाडौं सुपर मार्केटमा लुटपाट भएको थियो ।



    ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दा गर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । तर प्रहरीले पक्राउ पर्नेहरुको नामभने खुलाएको छैन।



    गार्डले बुझाएका चार जनालाई प्रहरी वृत्त, महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

    सोमबार सार्वजनिक यातायात क्षेत्रका मजदुरले गरेको विरोध प्रदर्शन भड्किएको मौका छोपेर लुटपाट भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार