Online Nepal
  • बुधबार, १७ पुष २०८१
  • अर्थमन्त्री पौडेलको दाबी – भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो

    अर्थमन्त्री पौडेलको दाबी – भनसुनको आधारमा योजना छनोट गर्ने जमाना अन्त्य भयो

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 588
    SHARES

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा संघीय संसद्अन्तर्गतको राष्ट्रियसभालाई जानकारी गराएका छन् ।

    मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा मन्त्री पौडेलले आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा सभालाई जानकारी गराएका हुन् ।



    सो क्रममा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिँदै उनले बजेटको मध्यावधि समीक्षा नगरे बजेट कार्यान्वयनमा झनै धेरै चुक्ने स्पष्ट पारे ।



    मन्त्री पौडेलले भनसुनका आधारमा योजना छनोट गर्ने जमानाको अन्त्य भएको बताए । उनले नेपालमा अब भनसुनका आधारमा योजना छनोट नहुने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार