Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुन्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 459
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताएका छन् ।

    मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासङ्घले आयोजना गरेको १६ औँ अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताुएका हुन् ।



    उनले अन्य उद्योगभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने बताए । उनले मौलिक संस्कृति, परम्पराअनुसार घरेलु उत्पादनलाई प्रवर्धन र विकसित गर्न आवश्यक रहेको बताए ।



    नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने उनको दाबी छ । प्रधानमन्त्री प्रचण्डले नेपालीको सोचमा नेपालीपन ल्याउन जरुरी रहेको बताए ।

    नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको उनको भनाई छ । उनले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रवर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकारगरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार