काठमाडौं । काठमाडौं । मोबाइल व्यवसायीहरूले सोमबार काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही र पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने माग सरकारसँग गरेका छन् ।
उक्त मोबाइल पसका प्रोपाइटर अर्जुन चालिसेका अनुसार सबै सामानहरुको क्षति हेर्दा प्रारम्भिक रुपमा ८ करोड बढीको क्षति भएको हो।
पीडित व्यवसायीले पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिए। महासंघले क्षतिपूर्ति र सुरक्षा माग गर्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय लगायतमा ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ ।
सीसी टीभीहरूामा पसलको सिसा र सटर तोडेरसमेत मोबाइल लुटिएको दृश्य कैद भएको र सोका आधारमा लुटेराहरू पत्ता लगाउन सजिलै सकिने उनको भनाइ छ । पसलको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ ।
Leave a Reply