Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी

    यातायात व्यवसायी र सरकारबीच सिंहदरबारमा वार्ता जारी

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 453
    SHARES

    काठमाडौं । आन्दोलनरत यातायात व्यवसायी र सरकारबीच वार्ता सुरु भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिंहदरबारमा वार्ता सुरु भएको हो ।

    वार्ताका क्रममा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग यातायात व्यवसायीले हिजोको घटना योजनाबद्ध नभएको बताएका छन् ।



    वार्तामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तामा उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसहित मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।



    ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए ।

    ट्राफिक जरिवाना खारेजीलगायत १० बुँदे माग राख्दै यातायातसमेत बन्द गरेका व्यसायीलाई सरकारले वार्तामा आउन आह्वान गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार