Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • आन्दोलनरत यातायात मजदुर र व्यवसायीलाई वार्तामा आउन सरकारको आह्वान

    आन्दोलनरत यातायात मजदुर र व्यवसायीलाई वार्तामा आउन सरकारको आह्वान

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । सरकारले आन्दोलनरत यातायात मजदुर र व्यवसायीलाई वार्तामा बोलाएको छ ।

    उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजीश्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार बिहान ८ः३० बजे वार्ताका लागि मन्त्रालयमा बोलाएका हुन् ।



    गाडी चलाउने क्रममा नियम मिच्दा ट्राफिक प्रहरीले लिने जरिवाना अत्यधिक भएको भन्दै यातायात मजदुरहरुले बसपार्क र माछापोखरी क्षेत्रमा सडकमै गाडी तेर्स्याएर यातायात अवरुद्ध पारेका थिए । यातायात मजदुरहरुको विरोध प्रदर्शन हिंसात्मक बन्दै गएको छ। बालाजु र गोङ्ग्बु क्षेत्र अहिले विरोध प्रदर्शनका कारण तनावग्रस्त बनेको छ।



    पासाङ ल्हामु राजमार्गको प्रवेशविन्दु नै बन्द गरेका यातायात मजदुरले माछापोखरीमा प्रहरीका दुईवटा भ्यान जलाइदिएका छन् ।

    घटनाअघि सोमबार बिहान ल्होत्से भवन रहेको नयाँ बसपार्क परिसरमा मजदुरहरूले विरोधका कार्यक्रम तय गरेका थिए । तर ल्होत्से बहुउद्देश्यीय प्रालि प्रशासनले आफूनिकटका मजदुर र कर्मचारीलाई परिचालन गरी विरोधमा उत्रिएका मजदुरमाथि आक्रमण गरेका थिए ।

    त्यसपछि भड्किएको स्थिति नियन्त्रणबाहिर जाँदा सुरक्षा निकायका गाडी, सर्वसाधारणका पसललगायतमा आगजनी र तोडफोड भएको थियो । यातायात मजुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार