काठमाडौं । सोमबार दिउँसोदेखि तनावग्रस्त बनेको काठमाडौंको बालाजु माछापोखरी क्षेत्रमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
एसपीको कमाण्डमा काठमाडौं उपत्यकाका ४ गण र १ गुल्मबाट २ सय ६५ सशस्त्र प्रहरी परिचालन गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। प्रर्दशन चर्किएपछि सशस्त्र प्रहरी पनि घटनास्थलमा पुगेको थियो ।
अहिले अवस्था सामान्य बन्दै गएको छ। स्थिति सामान्य बनेसँगै रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्।
सोमबार दिउँसो यातायात मजदुर र प्रहरीबीच झडप भएपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो। यातायात मजदुरले प्रहरीका २ वटा गाडीमा आगजनी गरेका थिए ।
यातायात मजुर संगठनहरुले भोली काठमाडौं उपत्यकाभित्र सबै सवारी साधन बन्द गर्ने निर्णय गरेका छन् । ट्राफिक नियमविरुद्ध आन्दोलनरत यातायात मजदुरहरूले यसअघि फागुन ३ गते आन्दोलन घोषणा गरेका थिए ।
तर, आज नयाँ बसपार्कस्थित ल्होत्से बहुउद्देशीय प्रालिका अधिकारीहरूसँग विवाद भएपछि उनीहरू आजै आन्दोलनमा उत्रिएका हुन् ।
Leave a Reply