Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त : ९ जना प्रहरी घाइते, दुईको अवस्था गम्भीर

    काठमाडौंको बालाजु क्षेत्र तनावग्रस्त : ९ जना प्रहरी घाइते, दुईको अवस्था गम्भीर

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 1K
    SHARES

    काठमाडौं । काठमाडौंको बालाजु क्षेत्रमा प्रहरी र यातायात मजदुरबीच भएको झडपमा दर्जनौँ घाइते भएका छन् ।

    कानुनविपरीत बढाइएको भनिएको जरिवाना शुल्क घटाउन मागसहित आन्दोलित मजदुरहरुले नेपाल प्रहरीको बालाजु बृत्तले प्रयोग गर्दै आएको भ्यानमा आगजनी गरेपछि तनाव भएको हो ।



    कम्तिमा पनि ३० मजदुर घाइते भएको मजदुर संगठनका अध्यक्षहरुले जनाएका छन् भने प्रहरीतर्फ पनि ९ जना घाइते भएका छन् । झडपमा ९ जना प्रहरी घाइते भएको र २ जनाको अवस्था गम्भीर रहेको उपत्यकाका प्रहरी कार्यालयले जनाएको छ ।



    ट्राफिक जरिबाना बढी भएको भन्दै यातायात मजदुर आन्दोलनमा उत्रिएका थिए । प्रदर्शनकारीले प्रहरीको एउटा गाडी जलाएका छन् ।

    हिले आन्दोलनकारीले बाटोमा गाडी तेर्स्याएर हिँडेको हुनाले हटाउन समस्या परिरहेको छ । उनीहरुले मंगलबार काठमाडौं उपत्यकामा सार्वजनिक सवारी बन्दको घोषणा पनि गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार