Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सुख्खा बन्दरगाह निर्माणको काम अब अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

    सुख्खा बन्दरगाह निर्माणको काम अब अघि बढ्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 504
    SHARES

    कञ्चनपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुख्खा बन्दरगाह निर्माणको काम तीन वर्षभित्रै सकिने बताएका छन् ।

    सोमबार दोधारा चाँदनी १ स्थित सुख्खा बन्दरगाह निर्माण स्थलमा पुगेर उनले उक्त प्रतिबद्धता जनाएका हुन् ।



    उनले भने,’तीन वर्षभित्र बन्दरगाह बन्नेछ, यसले सुदूरपश्चिमको मात्रै होइन देशमा व्यापरको ढोका खुल्नेछ। देशको आर्थिक विकासमा सहज पुर्‍याउनुछ, बन्दरगाह बनेपिछ त्रिदेशीय समझदारी हुन्छ ।’



    कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका १ मा सुख्खा बन्दरगाहको काम अब अघि बढ्ने उनले बताए। त्रिदेशीय व्यापारको केन्द्र दोधाराचाँदनी बन्न सक्ने उनको भनाइ छ।

    सुख्खा बन्दरगाह भारत सरकारले निर्माण गर्ने विषयमा छिट्टै सम्झौता हुने पनि प्रधानमन्त्री दाहालले बताए ।

    उनले सम्झौतामै तीन वर्षभित्रै निर्माण सम्पन्न हुने उल्लेख भएकाले तोकिएकै समयमा काम सम्पन्न हुने बताए । बन्दरगाह निर्माणपछि दोधारा चाँदनी वा सुदूरपश्चिमको मात्रै नभई सिंगो देशकै विकासमा योगदान पुग्ने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार