काठमाडौं । नेपाल भ्रमणका लागि केही बेरअघि काठमाडौं आइपुगेका भारतीय विदेशसचिव विनयमोहन क्वात्राले परराष्ट्र सचिव पौडेलसँग भेटवार्ता सुरु गरेका छन्।
होटल याक एन्ड यतीमा क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गरिरहेका हुन्।
भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। क्वात्राले आजै दिउँसो २ बजे परराष्ट्रमन्त्री विमला राईसँग शिष्टाचार भेट गर्नेछन्।
Leave a Reply