Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • जनयुद्ध दिवस देशकै सम्पत्ति बनेको छ : प्रधानमन्त्री प्रचण्ड

    जनयुद्ध दिवस देशकै सम्पत्ति बनेको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ फाल्गुन २०७९
  • 531
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवस माओवादीको मात्र नभई राष्ट्रकै सम्पत्ति भएको टिप्पणी गरेका छन्।

    जनयुद्ध दिवसको अवसरमा माओवादी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले यो क्याबिनेटबाट निर्णय गराएको छु। यो अब माओवादीको मात्र नभई राष्ट्रकै सम्पति बन्न पुग्यो।’



    माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले जनयुद्ध दिवसको शुभकामना दिँदै जनयुद्ध दिवसलाई वैधानिक तवरबाट स्थापित गर्नपर्ने बताए।

    उनले पुनः माओवादी आन्दोलनलाई एकीकृत गर्नेगरी आफू लागेको बताए।देशलाई सुशासनको बाटोमा लाने जिम्मेवारी मिलेको भन्दै उनले असफल हुने छुट आफूलाई नहुने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार