काठमाडौं । भारतीय विदेशसचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा आज काठमाडौँ आइपुग्ने भएका हुन्।
भारतीय विदेशसचिव क्वात्रा सोमबार बिहान ९ बजे काठमाडौँ उत्रने कार्यक्रम छ। विमानस्थलमा उत्रेलगत्तै क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृतिलगायत द्विपक्षीय सहकार्यका आधा दर्जन विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र सचिवसँगको वार्तामा नेपालले सीमा समस्याको कुरा पनि उठाउने भएको छ। भारतले नेपाली भूभाग कालापानी र लिम्पियाधुरा अतिक्रमण गरेको छ।
२ दिने भ्रमण सकेर विदेश सचिव क्ववत्रा मंगलवार स्वदेश फर्कने कार्यक्रम रहेको छ। यसअघि गत भदौमा परराष्ट्र सचिव पौड्यालले भारत भ्रमण गरेका थिए।
Leave a Reply