Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका इन्सपेक्टर भारतीय गृहमन्त्रीबाट पुरस्कृत

    आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका इन्सपेक्टर भारतीय गृहमन्त्रीबाट पुरस्कृत

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 801
    SHARES

    काठमाडौं । मित्रराष्ट्र भारतको हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित आइपिएस तालिममा सहभागी नेपाल प्रहरीका प्रहरी निरीक्षक सागर तिमिल्सिना पुरस्कृत भएका छन् । प्रहरी निरीक्षक तिमिल्सिनालाई त्यलप ऋगउ ायच भ्त्रगष्तबतष्यल उपाधी सहित पुरस्कृत गरिएको हो ।

    सरदार वल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा शनिबार सम्पन्न दीक्षान्त समारोहमा भारत सरकारका गृहमन्त्री अमित शाहले प्रहरी निरीक्षक तिमिल्सिनालाई पुरस्कार प्रदान गरे । दीक्षान्त समारोहमा नेपाल प्रहरीको तर्फबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहको समेत उपस्थिति रहेको थियो ।



    समारोहमा सरिक भई आइतबार स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त तालिमको दौरन नेपाल प्रहरीका अधिकृतहरुले देखाएको कला, कौशल र प्रशिक्षार्थीहरुले देखाएको व्यवसायिकता र दक्षताप्रति एकेडेमीका प्रमुखबाट उच्च प्रशंसा भएको बताए ।



    तालिम समापन पश्चातको छलफलको क्रममा हाल आधारभूत तालिममा मात्रै सहभागिता रहँदै आएकोमा साइबर अपराध, मानव बेचबिखन, क्रिप्टोकरेन्सीलगायतका विभिन्न किसिमका उन्नत तालिममा समेत संयुक्त रुपमा सहभागी हुने विषयमा समझदारी भएको बताए । हाल नेपाल प्रहरीका ५ जना अधिकृतहरुले सहभागिता जनाउँदै आएकोमा यो संख्यालाई वृद्धि गर्ने विषयमा समेत छलफल भएको उनले जानकारी दिए ।

    २०७८ चैत १४ गतेदेखि सुरू भएको उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी निरीक्षकहरु प्रवेश कार्की, एल्जिना राई, रविन्द्र चन्द, निर बहादुर बानियाँ र सागर तिमिल्सिना गरी ५ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार