Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्थतन्त्र सुधारको विषयलाई ‘लाइफ एण्ड डेथ’को सवाल ठानेको छु

    प्रधानमन्त्री प्रचण्ड भन्छन् – अर्थतन्त्र सुधारको विषयलाई ‘लाइफ एण्ड डेथ’को सवाल ठानेको छु

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 588
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको विषयलाई आफूले जीवन र मरणकै सवाल ठानेको टिप्पणी गरेका छन् ।

    आर्थिक पत्रकार समाज सेजनद्वारा राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सो टिप्पणी गरेका हुन् ।



    अर्थतन्त्रको चुनौतीका बीचमा आफूलाई नेतृत्व गर्ने अवसर रहेको भन्दै उनले दुई महिनायता अर्थतन्त्रमा केही सुधारको संकेत देखिएको बताए ।



    ‘अर्थतन्त्र सुधारको विषयलाई लाइफ एण्ड डेथको सवाल ठानेको छु । मेरो सफलता वा असफलता होइन, सरकारको मात्रै सफलता वा असफलता पनि होइन । सिंगै नेपाली समाज र नेपाल राष्ट्रको सफलता र असफलताको बिन्दु यसमै जोडिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार