काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तन उल्टाउने षडयन्त्रहरु देखापर्न थालेको टिप्पणी गरेका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्याउनका लागि भएको आन्दोलन र त्यसपछि प्राप्त संघीयता, गणतन्त्रलाई उल्टाउने षडयन्त्रहरू देखापर्न थालेको बताए ।
उनले संघीयतालाई बलियो बनाउनका लागि आवश्यक ऐनहरू अघि बढाउनका लागि सरकारको ध्यान केन्द्रित भएको धारणा राखे ।
संविधानले व्यवस्था गरेको तीन तहको राज्य संरचनालाई मजबुत तुल्याउन सके आगामी ५ वर्षभित्रै विकास र समृद्धिको मार्गमा धेरै अघि बढ्न सक्ने उनले बताए।
Leave a Reply