Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • कमल थापाको टिप्पणी – हजारौं निर्दोषको ज्यान लिने हिंसा राष्ट्रिय पर्व हुन सक्दैन

    कमल थापाको टिप्पणी – हजारौं निर्दोषको ज्यान लिने हिंसा राष्ट्रिय पर्व हुन सक्दैन

    अनलाइन नेपाल
  • आइतबार, २९ माघ २०७९
  • 798
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेकोमा आपत्ति जनाएका छन् ।

    २०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह सुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदादिने सरकारको निर्णय आपत्तिजनक रहेको उनको टिप्पणी गरेको हो ।



    उनले सामाजिक सञ्जालमा विदाको विरोध गर्दै आइतबार हजारौं निर्दोषको ज्यान लिने माओवादी हिंसा राष्ट्रिय पर्व हुन नसक्ने भन्दै आपत्ति जनाएका छन् ।



    साथै उनले यही मौकामा यस्तो निर्णय लिँदासमेत राजा र हिन्दु राष्ट्रको वकालत गर्ने पार्टी कुन मुखले सरकारमा बसिरहेको छ भन्दै राप्रपामाथि प्रहारसमेत गरेका छन्।

    उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक विदा दिने सरकारको निर्णय आपत्तिजनक छ। हजारौं निर्दोषको ज्यानलिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन । राजावादी र हिन्दुराष्ट्रको वकालत गर्ने पार्टी समेतको सहभागितामा यस्तो निर्णय हुनु निर्लज्जताको पराकाष्टा हो । राजा र हिन्दु राष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ?’​

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार