Online Nepal
  • बुधबार, १० पुष २०८१
  • ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउँछ : प्रवक्ता महत

    ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउँछ : प्रवक्ता महत

    अनलाइन नेपाल
  • शनिबार, २८ माघ २०७९
  • 615
    SHARES

    नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको बताएका छन् ।

    सातौं नुवाकोट महोत्सवमा सम्बोधन गर्दै प्रवक्ता महतले ढिलो चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने बताएका हुन् ।



    महतले निर्वाचनमा कांग्रेसलाई पहिलो दलको रुपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्‍याइएको दाबी गरे ।



    उनले भने, ‘ यो निर्वाचनमा कांग्रेसले जनताको साथ पायो, पहिलो दल पनि बन्यो । तर, अनेकन चलखेल गरेर कांग्रेसलाई सत्ताभन्दा बाहिर पुर्‍याइएको छ ।

    तर सत्ता गठबन्धनमा अहिले नै खटपट सुरू भइसकेको छ । छोटो समयमै यस्तो खटपट हुनु राम्रो होइन । यसले मुलुकको विकास र समृद्धिको यात्रालाई अन्योलमा पारेको छ । यो अन्योललाई हामी चाँडै निकास दिने प्रयासमा छौं ।’

    उनले शान्ति र संविधानको नेतृत्व कांग्रेसले गरेको स्मरण गर्दै अब विकास र समृद्धिको यात्राको नेतृत्व पनि कांग्रेसबाट मात्रै सम्भव रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार