Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

    दैलेखमा आत्महत्या गरेका युवकमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । दैलेखमा आत्महत्या गरेका युवामा कोरोना भाईरस सक्रमण पुष्टि भएको छ ।

    १४ दिनसम्म क्वारेन्टीन बसी आरडीटी परिक्षण रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएका दैलेखका एक युवाले मंगलबार आत्महत्या गरेका थिए ।



    जिल्लाको दुल्लु नगरपालिका–१० छुवालाका २१ वर्षिय युवाको परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।



    “असार ९ गते घरमा झुण्डिएको अवस्थामा भेटिएका युवाको शव पोष्टमार्टको लागि दुल्लु अस्पताल लगिएको थियो ।

    बिहीबार पशुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो ।” उनले भने “ती युवाको शव व्यवस्थापनका लागि नेपाली सेनासँग समन्वय गरिरहेका छौं ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार