Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पर्यटनमन्त्री किराती भन्छन् – घूस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु, मलाई पैसा मन पर्दैन

    पर्यटनमन्त्री किराती भन्छन् – घूस खुवाएर काम गर्नुपर्ने व्यवस्थाको अन्त्य गर्छु, मलाई पैसा मन पर्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 972
    SHARES

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घूस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन् ।

    शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले यस्तो बताएका हुन् ।



    उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घूस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए ।



    मन्त्री किरातीले महाप्रबन्धक ठाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौं घूस मागेका निलम्बन गरेको बताए । उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार