Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय

    भ्रष्टाचार नियन्त्रण गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको पहिलो निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 954
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदभार ग्रहण गर्दै प्रदेश सरकारमा भएको भ्रष्टचारलाई नियन्त्रण गर्ने पहिलो निर्णय गरेका छन् ।

    पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेका हुन्।



    मुख्यमन्त्री शाहले प्रदेश सरकार मातहत हुने कार्यायोजना तर्जुमा गर्नु प्रदेश सरकारले एक समिति बनाउने बताए ।



    उनले भने, ‘प्रदेशमा भ्रष्टाचार हुने गरेको गुनासो छ। भ्रष्टाचारका कुराहरु आएका छन्। भ्रष्टाचार नियन्त्रणका लागि कार्य योजना तर्जृमा गर्न समिति गठन गर्ने निर्णय गरेका छौँ। ३० दिनभित्र समितिले प्रतिवेदन बुझाउने छ।’

    उनले सरकारलाई नियमित गर्नका लागी प्रदेशका सबै पार्टी संग बहस गर्ने गरी सबै मिलि प्रदेशको बिकास गर्नमा लागी पर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार