Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थामा कर्मचारी अभाव रहेको संसदीय समितिकाे ठहर

    सामुदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थामा कर्मचारी अभाव रहेको संसदीय समितिकाे ठहर

    अनलाइन नेपाल
  • बिहिबार, ११ असार २०७७
  • 3.7K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सामुदायिक विद्यालय र अस्पतालहरुमा कर्मचारी अभाव रहेको संसदीय समितिले ठहर गरेको छ । देश संघीय संरचनामा गएपनि सामूदायिक विद्यालय र सरकारी स्वास्थ्य संस्थाहरुमा अझै कर्मचारी अभाव रहेको संसदीय समितिको ठहर छ ।

    राज्यका निर्देशक शिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समिति अन्तरर्गतको शिक्षा तथा स्वास्थ्य नीति कार्यान्वयनको अवस्था अध्ययन उपसमितिको प्रतिवेदनले सामुदायिक विद्यालय र अस्पतालहरुमा कर्मचारी अभाव रहेको देखाएको हो ।



    विभिन्न प्रदेशहरुमा गरिएको अध्ययनले विद्यालयहरुमा आवश्यक दरबन्दीको अभाव, भौतिक पूर्वाधारको अभाव देखिएको उपसमितिका संयोजक खेम प्रसाद लोहनीले बताए । उपसमितिले सरकारले उपलब्ध गराउने स्वास्थ्य र शिक्षा सम्बन्धि सेवालाई प्रभावकारी बनाउन नसकेको उनले बताए ।



    शिक्षा र स्वास्थ्य सम्बन्धि हुने नीतिगत भ्रष्टाचारजन्य क्रियाकलाप नियन्त्रण गर्न नसकिएको र जनशक्ति व्यवस्थापनमा सम्बन्धित निकायले ध्यान दिन नसकेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार