काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बंगलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।
भेटमा नेपाल–बंगलादेश जलविद्युत्, व्यापार र कनेक्टिभिटीमा सहकार्यका विषयमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ ।
Leave a Reply