Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • बाबुराम भट्टराईले भने – २० वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउन सकिन्छ

    बाबुराम भट्टराईले भने – २० वर्षमा देशलाई समृद्धिको शिखरमा पुर्‍याउन सकिन्छ

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 642
    SHARES

    काठमाडौं। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले लोकतन्त्रलाई जोगाउँदै अबको २० वर्षभित्र नेपाललाई समृद्धिको शिखरमा पुर्याउन सकिने बताएका छन् ।

    शुक्रबार काठमाडौँमा सुरु भएको विवेकशील साझा पार्टीको प्रथम अधिवेशन सफलताको शुभकामना दिँदै भट्टराईले यस्तो बताएका हुन् । उनले लोकतन्त्रलाई भत्काएर वैकल्पिक राजनीति हुन नसक्ने पनि बताए ।



    भट्टराईले भने,‘अबको वैकल्पिक राजनीतिको एजेन्डा भनेको लोकतन्त्रलाई जोगाएर अघि जाने हो । यसलाई भत्काएर राजा ल्याउँछु भन्ने साथीहरू पनि वैकल्पिक भनिरहनुभएको छ तर त्यस्तो होइन, त्यो भ्रममा पर्नुहुँदैन। ’



    उनले यही लोकतन्त्रमा टेकेर अपूर्णताहरुलाई पूर्ण बनाउँदै विगतका राम्रा कुरा सिकेर अघि बढ्न सके वैकल्पिक राजनीतिको भविष्य रहेको पनि बताए ।

    उनले पुराना पार्टीहरूलाई गालिगलोज गरेर नभई आफ्ना गतिविधिहरूलाई सुधार गर्दै जानुपर्ने बताए ।

    उनले राजनीति भनेको अपजसे पेसा पनि भएको भन्दै एक पटक लडे पनि धुलो टकटक्याएर अघि बढ्नुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार