काठमाडौं । सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल भएको छ ।
शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयन्त्रको बैठकमा सरकार सञ्चालनको विषयमा छलफल भएको हो ।
बैठकमा संयन्त्रका संयोजक केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष लिङ्देन र रास्वपा सभापति रवि लामिछाने सहभागी थिए ।
बैठकबाट निस्किएका उपप्रधानमन्त्री लिङ्देनले भने, ‘अहिलेसम्म सरकारले गरेका कामका बारेमा समीक्षा भयो । अब कसरी अगाडि बढ्ने भन्नेमा पनि छलफल भयो । राष्ट्रपति चुनावका बारेमा छलफल गर्नुपर्ने कुरै के छ र ? सबै पहिले नै तय भइसकेको कुरामा छलफल आवश्यक भएन नि ।’
लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा फर्काउने विषयमा छलफल भएको बताए । सत्ता घटक जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टी आजको संयन्त्रको बैठकमा अनुपस्थित थिए ।
आजको बैठकमा प्रचण्ड सरकारको पूर्णता, राष्ट्रपतिको निर्वाचनलगायतको विषयमा पनि छलफल हुने भनिएको थियो ।
Leave a Reply