Online Nepal
  • सोमबार, ५ कार्तिक २०८१
  • आईसीसी महिला टी-ट्वान्टी विश्वकप आजबाट

    आईसीसी महिला टी-ट्वान्टी विश्वकप आजबाट

    अनलाइन नेपाल
  • शुक्रबार, २७ माघ २०७९
  • 984
    SHARES

    एजेन्सी ।आठौं संस्करणको आईसीसी महिला टी–ट्वान्टी विश्वकप आज शुक्रबार सुरु हुँदैछ ।

    दक्षिण अफ्रिकामा आयोजना हुने विश्वकपको उद्घाटन खेलमा आयोजक दक्षिण अफ्रिका र श्रीलंका खेल्दै छन् ।



    केपटाउनको न्युल्याण्डस्मा हुने खेल नेपाली समयअनुसार राति १०ः ४५ बजेबाट सुरु हुनेछ ।



    प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । सहभागी १० टोलीलाई ५/५ टोलीको दुई समूहमा बिभाजन गरिएको छ ।  दुई समूहमा शीर्ष दुई टिम सेमिफाइनल प्रवेश गर्ने छन् ।

    १० टोली सहभागी भएको प्रतियोगिता २६ फेब्रुअरीसम्म हुनेछ। १० टोलीलाई समूह ‘ए’ र समूह ‘बी’ गरी दुई समूहमा विभाजन गरिएको छ।

    समूह ‘ए’ मा आयोजक दक्षिण अफ्रिका,साविक विजेता अष्ट्रेलिया,श्रीलंका,बंगलादेश र न्युजिल्याण्ड रहेका छन्। त्यस्तै समूह ‘बी’ मा इंग्ल्याण्ड,वेस्ट इण्डिज,आयरल्याण्ड,भारत र पाकिस्तान रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार